बागलुङ, १३ चैत
बागलुङको विभिन्न प्रारम्भिक बालविकास केन्द्रमा कार्यरत बालशिक्षक ९सहजकर्ता०हरुको लागि पेसागत क्षमता विकास तालिम आइतबारदेखि बागलुङमा सुरु भएको छ ।
जिल्ला शिक्षा कार्यालय बागलुङ र सेतो गुरास बालविकास सेवा केन्द्र बागलुङका संयुक्त आयोजनामा बानपा–१० कुडुलेमा प्रारम्भिक बालविकास केन्द्रको उद्देश्य अनुरुप बालविकास केन्द्रलाई संचालन गर्ने उद्देश्यले तालिम संचालन गरिएको हो ।
तालिम उद्घाटन पछि बोल्दै जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रले बालबालिकाहरुलाई बालविकास केन्द्र देखिनै सिजनात्मक र रचनात्मक तर्फ केन्द्रीत गराउनुपर्नेमा जोडदिनुभएको थियो ।
तालिममा जिल्लाका २५ बालविकास केन्द्रका बालशिक्षकहरुको सहभागीता रहेको छ । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय बागलुङका शाखा अधिकृत खेम आचार्य, सेतो गुरास बालविकास सेवा केन्द्रका कार्यक्रम अधिकृत विना कार्की लगायतले बोाल्नुभएको थियो ।
तालिमको सहजिकरण विद्यालय निरिक्षक प्रकाश ओझा र सेतो गुरास बालविकास सेवा केन्द्रका कार्यक्रम अधिकृत विना काकीले गर्ने बताइएको छ ।









