एमाले काँठेखोला गाउँपालिका संगठन कमिटिको अगुवा कार्यकर्ता भेला

बागलुङ, १३ चैत
नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर आ–आफ्ना भुगोलमा केन्द्रीत हुन सम्पूर्ण नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
नेकपा एमाले काँठेखोला गाउँपालिका संगठन कमिटिले शनिवार सुल्डाडामा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै सापकोटाले यस्तो बताउनु भएको हो ।
उहाँले नेकपा एमालेले सत्तामा रहदाँ तथा विपक्षमा बसेर समेत गरेका जनप्रिय काम र राष्ट्रियताको रक्षाका लागि लिएको अडानका बारेमा सम्पूर्ण मतदातालाई जानकारी मात्रै गराउन सके जनताले एमालेलाई पहिलो शक्ति बनाउने दावी गर्नु भयो । जनताका बीचमा थुप्रै भ्रमहरु छरिएको छ, देशको रक्षा र जनताको जनजिवीकाका लागि एमालेले खेलेको भूमिकाका बारेमा स्पष्ट पार्दै आम मतदाताकोमा पुग्न उहाँले सबैलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा एमाले केन्द्रीय उर्जा विभागका सदस्य हिराबहादुर केसीले निर्वाचन परिचालन सम्बन्धी प्रशिक्षण दिदै अधिकार सम्पन्न स्थानीय तहलाई व्यवस्थित रुपमा सञ्चालनका लागि एमालेको नेतृत्व आवश्यक पर्ने धारणा राख्नु भयो ।
1111111स्थानीय तहको संरचना लगायत कानुनी प्रक्रियाका बारेमा सहजीकरण गर्दै एमाले केन्द्रीय कानुन विभागका सदस्य ममतादेवी शर्माले महिलाहरुलाई राज्य सञ्चालनको महत्वपूर्ण स्थानमा पु¥याउनका लागि एमालेको विकल्प नभएको बताउनुभयो ।
केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य रामबहादुर जिसीले एमालेले गरेका लोकप्रिय कार्यक्रमका बारेमा जनतालाई जानकारी गराउनका लागि नेता कार्यकर्ताहरुको भूमिका बढाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय प्रचार विभागका पूर्व सदस्य हरिनारायण गौतम, एमाले जिल्ला सल्लाहकार परमानन्द कंडेल, विज्ञान तथा प्रविधि विभागका प्रदेश सदस्य बालकृष्ण कंडेल, एमाले जिल्ला सदस्य गंगाकुमारी शर्मा र सुरेश विक, सामाजिक संघ संस्था विभागका प्रदेश सदस्य विद्यापती शर्मा, एमाले क्षेत्रीय अध्यक्ष डिलबहादुर कार्की लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम एमाले जिल्ला सचिवालय सदस्य तथा काँठेखोला गाउँपालिका संयोजक डिल्लीराज गौतमको अध्यक्षता, जिल्ला सचिवालय सदस्य तथा गाउँपालिकाका सहसंयोजक अञ्जु जिसीको स्वागत र जिल्ला सदस्य अम्मरबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।