
लोकप्रिय गायक प्रमोद खरेलको नयाँ “त्यो पारी डाँडाँ”शिर्शक गीतको म्युजिक भिडियोलाई भर्खरै ‘हाईलाईट नेपाल’ले सामाजिक सन्जाल यु-ट्युब मार्फत सार्वजनिक गरेको छ।डी.पि.परिश्रमिद्वारा रचनाबद्द उक्त गीतलाई बरिष्ठ/चर्चित संगीतकार सम्भुजित बास्कोटाले संगीत गरेका हुन।
‘त्यो पारी डाँडाँ’को म्युजिक भिडियोमा मोडलद्वय रुकमिला अधिकारी र मन्दिप पौडेलको अभिनय रहेको छ।मन्दिप र रूकमिला दुबैले भिडीयोमा जिबन्त अभिनय गरेका छन।बियोगान्त उक्त गीतलाई भिडियोमा मोडल रुकमिला अधिकारीको अभिनयले झनै न्याय गरेको छ।रुकमिला अधिकारीको प्रशन्सनीय अभिनय हेर्दा मोडलिङ क्षेत्रमा उनको यात्रा सुखद रहला भन्दा शायद फरक नपर्ला।शिशिर श्रेष्ठले निर्देशन गरेको भिडियोमा सागर गौतमको छायान्कन रहेको छ भने सम्पादन प्रदिप दाहालले गरेका छन।
भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।









