खानेकुरामा प्रशस्त फलफूल र तरकारी सामेल गर्दा संसारभरि लगभग ८० लाख अकालमृत्यु रोकथाम गर्न सकिने वैज्ञानिकहरूले बताएका छन् ।
इम्पेरियल कलेज लन्डनले गरेको अध्ययनले दिनको जम्मा २०० ग्राम तरकारी र फलफूल खाँदा पनि मुटुरोग १६ प्रतिशतले, क्यान्सर चार प्रतिशतले र अकालमृत्यु १५ प्रतिशतले घट्ने देखाएको छ ।
धेरै तरकारी र फलफूल खाँदा नै दीर्घरोग वा अकालमृत्युबाट जोगिन सक्ने अध्ययन बताउँछ ।
‘हामीहरू रोगबाट बच्न कति फलफूल र तरकारी खाँदा रोग र अकालमृत्युबाट बच्न सकिन्छ भनी अनुसन्धान गर्न चाहन्थ्यौं । दिनको पाँच भाग, अझ १० भाग तरकारी र फलफूल खाँदा अनेकौं रोगबाट बच्न सकिने हामीले पायौं,’ अनुसन्धानप्रमुख डा. डागफिन अउनेले बताए ।
स्याउ, नासपाती, जुनार, सलाद जस्ता फलपूल अनि पालुंगो जस्ता साग र बुर्काउली, बन्दा र काउली जस्ता तरकारीले हृदयघात तथा मुटुरोगबाट बचाउँछ ।
द गार्डियनबाट
बिहिवार, फाल्गुण १२, २०७३ मा प्रकाशित










