कमजोर आर्थिक अवस्थाको कारण किरिया खर्च जुटाउन मुस्कील

भेटी लिएर आउनेलाई चिया खुवाउने समेत क्षमता छैन

सिर्जना कार्की
बागलुङ, १५ माघ
बागलुङ भीमापोखराको एक परिवार किरिया खर्च नहुँदा समस्यामा परेका छन ।
भीमापोखरा–८ निवासी नन्दकली विकको परिवार अत्यान्त नाजुक आर्थिक अवस्थाको कारण स्वर्गीय पति ओमबहादुर विकको किरिया खर्च समेत जुटाउन नसक्दा हिन्दु संस्कार अनुसार काज किरिया उम्काउने समस्यामा परेका हुन ।
om bk photoदुई चार पैसा कमाउन भारतको नयाँ दिल्ली पुगको विकको माघ १० गते विदेशमै मृत्यु भए पछि विक परिवार विचल्लीमा परेको छन । माघ ९ गते राती खाना खाएर सुते पनि विक उठने समयमा विहान अचेत अवस्थामा रहेका परिवारले जनाएको छ । अचेत अवस्थामै अस्पताल पु¥याए पनि सफल उपचार हुन सकेन । मृतक विकको एक श्रीमति, दुई छोरा र तीन छोरी आश्रीत परिवार रहेको छ ।
दैनिक ज्याला मजदुरी गरी साँझ विहानको छाक टार्दै आएको विक परिवारमा हाल ‘मानो/भेटीे’ लिएर भेट्ना आउने आफ्न्ता तथा छिमेकीहरुलाई चिया खुवाउने चिनी समेत किन्ने क्षमता नहुँदा समस्या भएको मृत विककी श्रीमति नन्दकली विकले बताउनुभयो । ‘म कोराभित्र छु, दुई चारपैसा कसले जुटाई दिन्छ’ विकले भन्नुभयो– आफन््ताहरु आउँदा एक छाक भात खुवाउन समेत मुस्किल परेको छ ।’
दुई महिना अघि मात्र बुवासँग रोजागरीको लागि भारत पुगको जेठो छोरा पनि बुबाको मृत्यु पश्चात घर फर्के पछि परिवारमा आर्थिक स्रोतको ढोका पुरै बन्द भएको छ । अन्य छोरी र छोरा विद्यालय तहमा अध्ययरत रहेका छन । विकको मृत्युले परिवार विचल्लीमा परेको छ । मृत विक माथि पूर्ण आश्रीत परिवारले कपि कलम किन्न समेत नसक्ने अवस्था रहेको स्थानीय यामबहादुर विकले बताउनुभयो ।
परिवारले आर्थिक स्रोत जुटाउन नसक्ने अवस्था भए पछि छरछिमेक र आफन्तसँग दुई चार पैसा संकलन गरी किरियाखर्च जुटाउने प्रयत्न भएकको विकको भनाई रहेको छ । ‘घर परिवारको विचल्ली छ’ मर्ने त मरिगए बाँच्नेहरुको दैनिकी कसरी चल्ने हो अन्यौलमा छ ।’

२०७३ माघ १५ गते गते प्रकाशित