बागलुङ, १० माघ
अम्बावती मोतिकला देवी सापकोटा स्मृति प्रतिष्ठान र कालिका भगवती गुठी ब्यवस्थापन समितिको संयुक्त व्यवस्थापनमा संचालित एम्बुलेन्स सेवाको एक महिनामा करिब ५५ हजार रुपैयाँ आम्दानी गरेको छ ।
एम्बुलेन्स शुरु गरिएको १ महिना पुगेको छ । भारत सरकारद्धारा प्रतिष्ठानलाई सहयोग प्राप्त उक्त एम्बुलेन्स गुठी र प्रतिष्ठानले संयुक्त रुपमा संचालनमा ल्याएको थियो । एम्बुलेन्स संचालनको पहिलो १ महिनाको अवधिमा बागलुङ, पर्बत र म्याग्दी जिल्लाका २४ जना बिरामीहरुलाई सेवा दिएको प्रतिष्ठानका अध्यक्ष पोसाकनाथ सापकोटाले बताउनु भयो ।
एम्बुलेन्स संचालनको यो १ महिनामा रसिदबाट ५४ हजार ८ सय ५० रुपैयां आय भएको छ । यसै अविधमा ४८ हजार ७७ रुपैया ब्यय भएको छ भने ६ हजार ७ सय ७३ रुपैया बैक मौज्दात रहेको छ ।
एक महिनाको अवधिमा एम्बुलेन्स संचालनमा इन्धन तर्फ २४ हजार ५ सय ३२ रुपैयां, चालक भक्ता १ हजार ४ सय रुपैयां, प्रिन्ट चार्ज ७ सय रुपैयां, चालक तलब १५ हजार रुपैयां, एम्बुलेन्स सर्भि्सिङमा ६ हजार ४ सय ४५ रुपैयां खर्च भएको गुठीका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो ।










