एमाले भीमापोखराको संगठन विभाग गठन

बागलुङ, २३ पुस
नेकपा एमाले भीमापोखरा गाउँ कमिटिको दोस्रो बैठक एवं जिल्ला कमिटिमा निर्वाचित सदस्यहरुलाई बधाई कार्यक्रम शुक्रबार भीमापोखरामा सम्पन्न भएको छ ।
भीमापोखरा गाउँ कमिटिका अध्यक्ष राम प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला सदस्य डिल्लीराज गौतम, अमर थापा, दिपक गौतम, जिल्ला लेखा परीक्षण कमिटिका सदस्य खिम बहादुर कार्की, क्षेत्रीय कमिटीका सदस्य चन्द्रमणि उपाध्यायले बागलुङमा एमालेलाई पहिलो पार्टी बनाउनको लागि गाउँ कमिटीहरुको पहिलो भुमिका रहने भएकाले पहिलो पार्टी बनाउनको लागि लाग्नुपर्ने बताएका थिए । उनीहरुले अब गाउँ विकासको लागि सवै एकजुट भएर लाग्नको लागि पनि अनुरोध गरेका थिए ।
उक्त ७ सदस्य सचिवालय गठन गरिएको छ । सचिवालयमा राम प्रसाद शर्मा, सविना गौतम, नारायणदत्त रेग्मी, चुडामणि उपाध्याय, सुर्य बहादुर थापा, सुरेश थापा र ओमादेवि केसी रहेका छन् । उक्त अवसरमा राम प्रसाद शर्माको संयोजकत्वमा संगठन विभाग गठन गरिएको छ । यस्तै नारायणदत्त रेग्मीको संयोजकत्वमा आर्थिक विभाग गठन गरिएको छ । उक्त विभागमा राजु गौतम सदस्य रहेका छन् । यस्तै महिला विभागको संयोजकमा सविना गौतम, सदस्यहरुमा लक्ष्मी हमाल, ओमादेवी केसी, धनमाया छन्त्याल र शर्मिला रेग्मी रहेका छन् ।
यस्तै चुडामणि उपाध्यायको संयोजकत्वमा प्रचारप्रसार विभाग गठन गरिएको छभने ४ सदस्यहरु पछि चयन गरिने छ । राम बहादुर कार्कीको संयोजकत्वमा शिक्षा विभाग गठन गरिएको छ । शिक्षा विभागको सदस्यमा राजु निउरे रहेका छन्भने ३ सदस्य पछि छनोट गरिने संयोजक राम बहादुर कार्कीले बताए । यस्तै सुर्य बहादुर थापाको संयोजकत्वमा सहकारी विभाग गठन गरिएको छ । सहकारी विभागको सदस्यहरुमा कुलाराज गौतम र ओमादेवि केसी रहेका छन् । यस्तै राजु गौतमको संयोजकत्वमा यूवा तथा खेलकुद विभाग गठन गरिएको गाउँ कमिटीका अध्यक्ष राम प्रसाद शर्माले बताए । उक्त कार्यक्रमको संचालन सचिव नारायणदत्त रेग्मीले गरेका थिए ।

1 टिप्पणी

  1. Ward no 1 bata uml bata congress ma prabes gareka byaktilai bhetne ra samikshya garne kaam ta garena meeting le
    Teta pani dhyan dinu parne hoinara?

Comments are closed.