बागलुङ, २२ पुस
नेपाल कपडा तथा सिलाई व्यवसायि संघ बागलुङको ७औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
साधारणसभामा बोल्दै नेपाल कपडा तथा सिलाई व्यवसायि महासंघ केन्द्रीय अध्यक्ष सुरज बज्राचार्यले व्यवसायिक अधिकारको लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको थियो । सिलाई व्यवसायलाई थप व्यवस्थित र मर्यादीत बनाउन सिपमा दक्षता हासिल गर्नुपर्ने उहाँको भनाई थियो । 
कार्यक्रममा निवर्तमान अध्यक्ष रमनाथ श्रेष्ठ, प्रथम उपाध्यक्ष गोपाल परियार, द्धितीय उपाध्यक्ष लालबहादुर परियार, तृतीय उपाध्यक्ष सुदीप गणेश, केन्द्रीय महासचिव रामकृष्ण शर्मा, बागलुङ नगरपालिका कार्यालयका कार्यकारी अधिकृत युवराज अधिकारी, केन्द्रस्य सदस्य तेजेन्द्र परियार, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियार, पर्वत जिल्ला अध्यक्ष सूर्य परियार, म्याग्दी जिल्ला अध्यक्ष प्रेम परियार, बोल्नुभएको थियो ।
सो अवसरमा संघको जिल्ला समिति संस्थापक अध्यक्ष धनबहादुर परियारलाई ताम्रा पत्रद्धारा सम्मान गरिएको थियो ।
कार्यक्रम संघका अध्यक्ष मिन कुमार दर्नालको अध्यक्षता, उपाध्यक्ष मंगला लिम्बुको स्वागत र सचिव कृष्ण परियारको संचालनमा सम्पन्न भएको थियो ।










