तीन वर्ष पछि धौलागिरीमा लाईसेन्स वितरणको तयारी

बागलुङ, २० पुस
यातायात व्यवस्था कार्यालय बागलुङले करिव तीन वर्ष पछि सवारी चालक अनुमति पत्र लाइसेन्स वितरणको लागि आवेदन माग गरेको छ । driving
कार्यालयले एक सूचना मार्फत सर्वसाधरणसंग आवेदन माग गरेको हो । पहिलो लटमा मोटर साईकल ‘ए’ वर्ग र स्किुटर ‘के’ वर्ग कालागि मात्रै आवेदन खुल्ला गरिएको कार्यालयका लाईसेन्स शाखाका नायव सुब्बा रामप्रसाद उपाध्ययले जानकारी दिनुभयो ।
मोटरसाइकलका लागि पुस २६ गतेदेखि २८ गते सम्म र स्कुटरका लागि २९ गतेदेखि फारम खुल्ला गरिएको छ । यातायात व्यवस्था कार्यालय धौलागिरीको कार्यालयमा विहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म फराम संकलन गरिने छ । 15870521_559293704267214_1973081404_n
दरखास्तको लागि नेपाली नागरिताको सक्कल प्रमाणपत्र सहित निवेदक उपस्थित हुनुपर्ने, निगोरिताको प्रमाण पत्र, तीन प्रति फोटो, अनुसूचिी १७ को फारम र पाँच सय रुपैयाँ दस्तुर लाग्ने नायव सुब्बा शर्माले बताउनुभयो ।
सवारी साधन अनुमति पत्र लाइसन्सका लागि फारम खुलेपछि लाइसन्सको प्रतिक्षामा बसेका आम धौलागिरिवासीलाई राहत मिल्ने भएको छ । पहिलो चरणमा मोटरसाइकल र स्कुटरको लागि फारम खुल्ला भएको र त्यसपछि अन्य साधनका लागि फारम खुल्ला गरिने धौलागिरि यातायात व्यवस्था कार्यालयले जनाएको छ ।
विस २०७० देखि धौलागिरीमा लाईसेन्स वितरण हुन सकेको छैन । कार्यालयले ट्राईलको लाई आफ्नो जग्गा समेत नहुँदा वितरणमा कार्य रोकिएको थियो । हाल कार्यालय बानपा–१ खनिया घाटमा जग्गा भाडामा लिएर ट्राईल सेन्टर निर्माण गरेको छ ।