विक्रम सुनार
बागलुङ, १८ पुस
नेपाल दलित संघ नेपालका केन्द्रिय उपाध्यक्ष कृष्ण बिके रसाइलीले जातिय विभेद अन्त्यका लागि सर्वप्रथम व्यक्तिले आफ्नो आचरणमा सुधार गरि ग्रामीण मुखीरुपमा संगठन विस्तार गर्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेश भातृ संगठन नेपाल दलित संघ जिल्ला कार्यसमिति बागलुङले आइतवार गरेको भेटघाट कार्यक्रममा रसाइलीले यस्तो बताउनुभएको हो ।
बागलुङ जिल्ला दलित आन्दोलन संग जोडिएकाले जिल्लाको नेतृत्व र संगठन मजबुत बनाउन सिङगो पार्टीले नै मानसिकतामा परिवर्तन ल्याउनुपर्नेमा जोडदिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेश बागलुङ सभापति दिपेन्द्र थापा, कोषाध्यक्ष उमेश गौतम, महिला संघ नेपालकी केन्द्रिय सदस्य पार्वती आचार्य, महाधिवेशन प्रतिनिधि अम्मर बहादुर कार्की, नगर समितिका सचिव विर बहादुुर किसान, नेपाल दलित संघ बागलुङका पूर्व अध्यक्ष चेतराम चम्रकार, नेपाल दलित संघ बागलुङ जिल्ला सदस्य सीताराम रसाइली, नेविसंघ जिल्ला अध्यक्ष खडक थापा मगर, कोषाध्यक्ष केन्द्र रसाइली ,मिजार सेवा समाज बागलुङका अध्यक्ष रणसिंह थापा बोहरा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले पार्टीमा दलितको सहभागि संख्याको कम हुने भएकाले विधान परिमार्जन गरि दलितको हक अधिकार सुनिश्चित गर्न माग गरेको नेपाल दलित संघ बागलुङ सचिव तारा बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
कार्यक्रम नेपाल दलित संघ बागलुङका उपाध्यक्ष रविलाल विश्वकर्माको अध्यक्षता, दलित संघ नगर सचिव विरबहादुर किसानको स्वागत र सचिव तारा बहादुर विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।










