बिक्रम सुनार
बागलुङ, १७ पौष
जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद मिश्रले भौतिक संरचनाले मात्र शिक्षामा गुणस्तरता नहुँने भएकाले सिकाई मुख्य भएको बताउनुभएको छ ।
बागलुङको दमेक–९ देउराली खानीमा अवस्थित कृष्ण प्राथमिक विद्यालयको ४ कोठे भवन उदघाटन समारोहमा नेपालको शिक्षा प्रणालीलाई व्यवहारिकतामा रुपान्तरण गरिे विद्यार्थीको पठन–पाठनलाई सन्दर्भ सामाग्री सहितको प्रदान गुर्नपर्नेमा जोडदिनुभयो ।
गत बैशाखमा आएको विनाश कारी भुकम्पले क्षति ग्रस्त विद्यालय शिक्षा कार्यलयको १ लाख ३५ हजार बराबर २ कोठा भवन अनुदान, चन्दाताबाट २ लाख ४ हजार ७ सय ३०, विद्यालयको आन्तरिक कोषबाट ६३ हजार १ सय ५० र जन श्रमदानबाट १ लाख ६० हजार गरि कुल १७ लाख ७७ हजार ८ सय ८० रुपैयामा भवन निर्माण गरिएको विद्यालयको प्रधानध्यापक वेद बहादुरले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला विकास समितिका प्र्रतिनिधि सस बहादुर पुन, दमेक गाउ विकास समितिका सचिव दुर्गा प्रसाद शर्मा, शुन्तला चौर सा्रेत व्यक्ति यम शर्मा पौडेल, नेपाली कांग्रेशका अन्नत प्रसाद अम्याई, नेकपा एमालेका होमनाथ सापकोटा,दमेक गाविसको सम्पुर्ण विद्यालयको तर्फबाट सुन्तला चौर माविका प्रधानध्यापक नन्दलाल सापकोटा, कृष्ण प्राथमिक विद्यालयका प्रधानध्यापक वेद बहादुर छन्त्याल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा स्थानीय सोरठी , सालैजो जस्ता संकृति झल्कने गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नानुमाया पुनको अध्यक्षता, शिक्षिका प्रेमकमारी पुनको स्वागत र सावित्रा छन्त्यालको संचालनमा सम्पन्न भएको थियो ।
विद्यालयमा ४४ जना विद्यार्थी र ६ जना शिक्षक रहेका छन ।










