बिदेशीदा को पिडा

गोविन्द के.सी.”अभीष्ट”

खै कहाँबाट
र कसरी सुरुवात गरुँ
मातृभूमि देखि टाढिनुको पीडा
रहर कुन नेपालीलाई होलार
परिवारको साथ र घरको गाँस
छाडेर बिदेशीन
तर बाध्य छौ लामका लाम ओइरिन
र अाफ्न‍ो देशका हरिया बन जंगल
नजरअन्दाज गर्दै
यो उराठ मरुभूमि मा तातो घाम
सँग संघर्ष गर्दै
रातो बालुवामा हराभरा हरियाली भर्न खटिनु पर्दा हुन्छ पीडा ….

बिरामी हुँदा
तातोपानी समेत नपाई
ओछ्यानमा छट्पटिदै
अाराम कुशल छु अामा बाबा………
प्रचण्ड गर्मीमा
सडकको किनारा बाट
म अाराम गरेर बसिरहेको छु
अामा बाबा……………
भोको पेट हुँदापनि
म अनेकौं परिकार हरु
भर्खरै खाएँ अामा बाबा…………
यी सब
तिनै अामा बाबा ले
सिकाउनु भएको संस्कार
भन्दा बाहिर गएर
भगवान समान अामा बाबा
सँग झूट बोल्नु परेको पीडा

अझै अनगिन्ती पीडा हरु
न त सुनाउन नै सक्छौं
न त सुनाएर नै सकिन्छन्
यथार्थ सारा सुन्दा परदेश को कथा
कसको मन नरोलार
हो त्यसैले
हामी परदेशी
अाफ्ना कथा, ब्याथा, दुुःख, कष्ट र
पीडा हरु लुकाउन
बाध्य छौँ

अाफ्नै देशमा सुख शान्ति अाएको भए
सुशासन ले देशमा छाएको भए
किन बिदेशीनु पर्थ्योर
मात्र दुई छाक टार्नका निमित्त
बोकिदै‌न थियो काँधमा झोला
बग्ने थिएनन् अाँसुका खोला
अर्काको भनाइ सुन्ने इच्छा कसलाई हुन्छर
तर सुन्न नपरेको प्रहर छैन
मानव होइन जस्तो गरि काम लगाउँछ
बल्लतल्ल मुस्किलले महिना बित्छ
त्यै थोरै तलब पनि काटेर थमाउछ
मेहनत अनुसारको नपाउदा दाम
चटक्कै छाड्न मनलाग्छ काम
कति सहनु पीडा पनि

छुँदै नछोए कसरी गर्नु काम
काम गर्दै जाँदा कतै गल्तीले
दुई रुपैयाँको बिग्रिन्छ काम
दुई सय काटिदिन्छ दाम
सम्झीदा स्वदेश फर्कन मन लाग्छ
मन लागेर के गर्नु
स्वदेशमा पनि कुनै स्थिरता छैन
दु:खले जोडेको दुई गाँस
ढुक्कसँग खान पाईने हैन
मरि मरि काम गर्यो बरु बन्ला
ज्यानको चिहान
बिहान देखि साँझसम्म खटेर
पुग्ने हैन खान साँझ बिहान
यता सोच्यो पीडा
उता सोच्यो पीडा
पिडैपिडाको राप ले जलाएको छ दिल
हो कहिल्यै नबउरिने गरि जलाएको छ
सदाबहार को पीडाले ।
राखुपिप्ले-९ मौवाफाँट
म्याग्दी
हाल – बहराइन