
बागलुङ, १७ जेठ । गण्डकी प्रदेशस्तरीय छात्ररछात्रा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उसुतर्फ बागलुङ प्रथम भएको छ । बागलुङमा सञ्चालित प्रतियोगितामा बागलुङले नौ स्वर्ण, एक रजत गरी १० पदक जित्दै प्रथम स्थान हासिल गरेको हो ।
यस्तै ११ पदक जित्दै कास्की द्वितीय भएको छ । कास्कीले तीन स्वर्ण, चार रजत र चार काश्य पदक प्राप्त गर्यो । यस्तै तीन रजत र पाँच काश्य पदक जितेको तनहुँ तृतीय, तीन रजत र चार काश्य पदक जितेको म्याग्दी चौथो र एक रजत र तीन काश्य पदक जित्दै नवलपुरले पाँचौ स्थान प्राप्त गरेका छन् ।
प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको आयोजना र जिल्ला खेलकुद विकास समिति बागलुङको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताका उत्कृष्ट खेलाडीहरु केन्द्रीयस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनेछन् ।









