रोल्पा हुने महाधिवेशनका लागि मलेशियामा प्रतिनिधि छनोट

केयल/मलेशिया
नेपाली जनप्रगतिशिल मोर्चा मलेशियाले आठौँ महाधिवेशनको लागि तीन जना प्रतिनिधि छनोट गरेको छ ।
‘आठौं महाधिवेशन सफल पार्न प्रवासमा पनि तयारीमा लागौं,युवाहरूलाई विदेशी भुमीमा बेच्ने दलाल संसदीय ब्याबस्थाको भन्डाफोर गरौं भन्ने मुल नाराका साथ आगामी फागुन १ गते काठमाण्डौमा उदघाटन पछि रोल्पाको थवानमा हुने महाधिवेशनको लागि प्रतिनिधि छनोट गरिएको हो ।
प्रवासी नेपालीहरूलाई एकजुट भई नेपालको परिवर्तनकारी आन्दोलनलाई सहयोग पु¥याउने उदेश्यले नेत्र बिक्रम चन्द्र नेतृत्वको मोर्चाले महाधिवेनको लागि जनप्रगतिशिल मोर्चा मलेशियाका सहसचिव अर्जुन सुवेदी, पूर्व जनमुक्ति सेनाका कमाण्डर हितबहादुर सुनुवार र सल्लाहकार मोहित थापालाई प्रतिनिधिमा छनोट गरेको महासचिव टिकाराम ओलीले जानकारी दिनुभयो ।
मोर्चाका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षतामा मसिंर २६ गते बसेको बैठकले सल्लाहकार मोहित थापा र केही पूर्व जनमुक्ति सेनाका सदस्यहरूलाई एक कार्यक्रमका विच विदाई गरि नेपाल पठाएको जनप्रगतिशिल मोर्चा मलेशियाका सहसचिव अर्जुन सुवेदीले जानकारी दिनुभयो ।