डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति चुनावमा विजयी

राष्ट्रपति चुनाव जितेपछि ट्रम्पले भने- पहिलो प्राथमिकतामा अमेरिकाको हित

काठमाडौं, २४ कात्तिक
चुनावी सर्वेक्षणलाई गलत सावित गर्दै अमेरिकाको ४५ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड जोन ट्रम्प विजयी भएका छन् ।
बुधबार भएको अन्तिम परिणामअनुसार डेमोक्रेटिक उम्मेदवार हिलारी रोदम क्लिन्टनलाई हराउँदै ट्रम्प विजयी भएका हुन् । ट्रम्पले २७९ र हिलारीले २१८ इलेक्ट्रोरल मत पाएकी छन् ।
राष्ट्रपतिमा जितका लागि कुल ५ सय ३८ इलेक्ट्रोरल मतमध्ये बहुमत संख्या अर्थात् २ सय ७० मत आवश्यक थियो ।
ट्रम्पको जितसँगै हजारौं समर्थकले खुशीयाली मनाइरहेका छन् ।

राष्ट्रपति चुनाव जितेपछि ट्रम्पले भने- पहिलो प्राथमिकतामा अमेरिकाको हित
अमेरिकाका नवनिर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकाको हितलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् ।
राष्ट्रपतिको निर्वाचन जितेपछि ट्रम्पले आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका छन् । आफूलाई डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनको फोन आएको र उनले बधाई दिएको ट्रम्पले सुनाए ।
उनले विश्व समुुदायलाई सम्बोधन गर्दै अमेरिकाको हितलाई पहिलो प्राथमिकतामा राख्ने बताए । तर, सबैसँग निश्पक्षसँग डिल गर्ने नवनिर्वाचित राष्ट्रपति ट्रम्पले बताएका छन् ।