
बागलुङ, ४ कार्तिक
लिओनल मेस्सीको हृयाट्रिकको मदतमा बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा पेप ग्वार्डिओलाको म्यानचेष्टर सिटीमथि शानदार जित हात पारेको छ ।
सिटीको प्रशिक्षक बनेपछि बार्सिलोनाका पूर्व प्रशिक्षक ग्वार्डिओला पहिलो पटक नाउ क्याम्प पुगेका थिए । तर, ४-० लज्जास्पद हार व्यहारेको छ ।
पहिलो हाफमा सिटी प्रतिस्पर्धी नै देखिएको थियो । तर, मेस्सी चोटमुक्त भएर फर्किएपछि आक्रामक बनेको बार्सिलोनाविरुद्ध उसले थुप्रै गल्ती गर्यो ।
सिटीका खेलाडीको गल्तीको फाइदा उठाउँदै मेस्सीले १७ औं मिनेटमा खाता खोले । भ्रमणकारी टोलीले अर्को झड्का जब ब्यहोर्यो, जतिबेला उसका गोलकिपर ब्राभोले रातो कार्ड पाए ।
डि बक्स बाहिर हातले बल समाएकोमा उनी दण्डित भएका हुन् । खेलको ५३ औं मिनेटमा १० खेलाडीमा सिमिति सिटीले ९ मिनेटपछि दोस्रो गोल खायो । ६९ औं मिनेटमा मेस्सीले हृयाट्रिक पुरा गरे ।
७३ औं मिनेटमा म्याथु दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि घरेलु टोली बार्सिलोना पनि १० खेलाडीमा सिमित भयो । तर, यसले म्याानेचष्टर सिटीमाथि दबाव कायमै राख्यो ।
८७ औं मिनेटमा मेस्सीलार्इ फल गरेपछि बार्सिलोनाले पेनाल्टी पायो । तर, नेयमारको पेनाल्टी सिटीका गोलकिपरले रोके । तर, त्यसको केही मिनेटपछि नै ब्राजिलियनर नेयमारले उत्कृष्ट गोल गर्दै आफ्नो टिमलाई शानदार जित दिलाएका छन् ।
च्याम्पियन्स लिगमा सिटीले चार गोल खाएको यो पहिलो पटक हो । साथै बार्सिलोनाले आफ्नो विजयी यात्रा कायम राख्दै सिटीसँग ५ अंकको दुरी बनाएको छ ।
एग्युरोलाई रोक्ने आश्चर्यजनक कदम
आफ्नो पूर्वक्लबसागको खेलमा ग्वार्डिओलाले मेस्सीका अर्जेन्टिनी टिममेट सर्जिओ एग्युरोलाई सब्सिच्युटमा राखे, यो आश्चर्यजनक कदम थियो ।
ग्वार्डिओलाले डि ब्रुयेनलाई आफ्नो मुख्य हतियार बनाए, जसलाई स्टर्लिङ, डेभिड सिल्श्भा र नोलिटोको साथ रहृयो । पहिलो हाफमा यो रणनीति धेरै हदसम्म सफल पनि देखिएको थियो ।
उसले गोलको केही राम्रो प्रयास पनि नगरेको होइन । नोलिटोको प्रहार बार्सिलोनालका गोलकिपरले असफल पारे भने सिल्भाको फि्रकिकमा जाने स्टोनको हेड पनि थियो ।
तर, ब्राभोले रातो कार्ड पाएपछि सिटी गोलपोष्टमा मात्र होइन, डिफेन्सदेखि हरेक ठाउामा चुक्यो ।