वाकाथुन कार्यक्रमबाट शैक्षिक सामाग्री वितरण गरिने

बागलुङ, २७ भदौ
बागलुङमा जारी जेसिज सप्ताह २०१६ को चौथो दिन आज वाकाथुन कार्यक्रम सम्पन्न भएको छ ।
जेसिजले निर्माण गरेको विशेष टिसर्ट लगायर पद यात्रा गर्नुलाई वाकाथुन भन्ने गरिएको छ । यस अभियान अन्तर्गत जेसिजले तयार गरेको टिसर्ट विक्री गरी संकलित रकमबाट गरिव तथा विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने जेसिज बागलुङका अध्यक्ष पार्वती अधिकारीले जानकारी दिनुभयो ।
टिसर्ट विक्रीबाट संकलन भएको रकमबाट मंगलबार जेसिज गाउँ भकुण्डेका विद्यार्थीलाई करिव ३०/३५ हजार मूल्य बराबरको शैक्षिक सामाग्री वितरण गरिने अध्यक्ष अधिकारीको भनाई रहेको छ ।