एमाले नेतृ केसीलाई पुत्र शोक

बागलुङ, २७ भदौ
नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज मना केसी जिसीलाई पुत्र शोक परेको छ । बागलुङ नगरपालिका वडा नं.२ निवासी केसी तथा एमाले जिल्ला सचिवालय सदस्य रामबहादुर जिसीका जेठा छोरा १९ वर्षीय सुशिल जि.सी.को शनिवार साझ काठमाडौको टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
एक्कासी रिङ्टा लागेर लडेपछि उपचारका लागि अस्पताल भर्ना गरिएका जिसीको अस्पतालमै निधन भएको हो ।
काठमाडौंको गोल्डेन गेटमा कक्षा १२ मा अध्ययन गर्दै आएका सुशिलको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जली दिई सोमबार बानपा–१ स्थित कालीगण्डकी नदि किनारमा दाह संस्कार गरिने परिवारले जनाएको छ ।
नेतृ मना केसीका छोरी सन्ध्या र सानो छोरा आर्यन रहेका छन् ।