
बागलुङ, २५ भदौ
राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी संगठन अखिल छैठौंंको जिल्ला समिति बागलुङको २२ औं जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ ।
अधिवेशनले पुनः सागर कुवँरको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा दिलिप बुढाथोकी, सचिवमा शिललाल चालिसे, सह–सचिवमा गीता सापकोटा, कोषाध्यक्षमा राजेन्द्र कुवँर रहनुभएको छ ।
अधिवेशन सम्पन्न भएपछि छैठौका केन्द्रिय कोषाध्यक्ष भिमलाल पाख्रेलले नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको नामावली घोषणा गर्दै बधाई ज्ञापन गर्नुभएको थियो ।
घोषणासभामा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुँगाना, छैठांैका पुर्व जिल्ला उपाध्यक्ष हिराबहादुर पुन, शिक्षक ठगराज शर्मा र रेडियो विहानीका स्टेशन म्यानेजर प्रकाश छन्त्यालले बधाई ज्ञापन गर्नुभएको थियो ।
सो अवसरमा नव निर्वाचित अध्यक्ष कुवँरले प्रतिवद्धता मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन छैठौंकी पूर्व जिल्ला उपाध्यक्ष मनु सिंजालीले गर्नुभएको थियो ।










