बागलुङ, २४ भदौ
जेसिज सप्ताह २०१६ विविध कार्यक्रम सहित आजदेखि बागलुङमा मनाउन सुरु गरिएको छ ।
सप्ताहको उद्घाटन पछि बोल्दै प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय जेसिजले आफ्ना अभियान र गतिविधिलाई ग्रामिण क्षेत्रमा पनि पु¥याउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा स्थानीय विकास अधिकारी भरत गौतम, लिडर्स अध्यक्ष बसन्तकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बागलुङका सभापति जब्बरबहादुर लामिछाने, धौलागिरी बहुमुखी क्याम्पस बागलुङका क्याम्पस प्रमुख इश्वरीप्रसाद कँडेल, बागलुङ उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष युवाराज राजभाण्डारी, प्रगति स्मृति कोषका सस्थापक कृष्णबहादुर श्रेष्ठ, पर्वत जेसिजका अध्यक्ष राजन जोशी लगायतले बोल्नु भएको थियो ।
सो अवसरमा युवा उमेरमा उत्कृष्ट काम गर्न सफल भएको भन्दै नवजीवन पुर्नस्थापना केन्द्रका संचालक सञ्जय खडका र पत्रकार रविना बोहरालाई सम्मान गरिएको थियो । कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रम जेसीज–२०१६ का अध्यक्ष पार्वती अधिकारीको अध्यक्षता, निवर्तमान अध्यक्ष ऋषिराम गौतमको स्वागत र जोन ब्रजाचार्यको संचालनमा सम्पन्न भएको थियो ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिबार जेसीजका सदस्यहरुलाई तालिम दिने कार्यक्रम छ । उक्त कार्यक्रमका लागि मनोजकुमार विकलाई संयोजक तोकिएको हो । यस्तै तेस्रो दिन सत्यदेवी स्मृति स्लो बाइक रेस प्रतियोगिता राखिएको छ । लोकतान्त्रिक चोकमा हुने कार्यक्रममा युवाहरुलाइ तीव्र गतीमा सवारी नचलाउन सन्देश दिने योजना जेसीजको छ ।
चौथो दिन वाकाथुन कार्यक्रम रहेको छ । विशेष टिसर्ट लगाएर दौडिने कार्यक्रमलाइ उक्त नामाकरण गरिएको हो । वाकाथुनका लागि खेमराज शर्मालाइ संयोजक तोकिएको छ । विपन्न तथा गरिव र जेहेन्दार बालबालिका लाइ शैक्षिक सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम पनि सप्ताहमा समावेश छ । पाँचौ दिनको उक्त कार्यक्रमका लागि अम्बरबहादुर थापालाइ संयोजक तोकिएको मुल संयोजक नरेन्द्र कंडेलले बताउनुभयो । ।
त्यस्तै बागलुङ जेसीजको ३९ औं स्थापना दिवश समेत परेकोले छैठौं दिन विशेष अन्तरक्रिया तथा अहिले सम्मका कार्यक्रमहरुको छलफल र समिक्षा गरिने बताइएको छ ।