ब्राजिलको संसदद्वारा राष्ट्रपति रुसोफ विरुद्धको महाअभियोग बहुमतले पारित

ब्रासिलिया, १६ भदौ
ब्राजिलको संसदले राष्ट्रपति दिल्मा रुसोफलाई पदबाट हटाएको छ । रुसोफ विरुद्ध परेको महाअभियोग संसद्को माथिल्लो सदन सिनेटले दुई तिहाई बहुमतले पारित गरेको हो ।
रुसोफलाई पदमै रहन दिने वा पदच्युत गर्ने भन्ने विषयमा मतदान भएको थियो । जसमा संसद्मा रहेका ८९ सदस्य मध्य ६१ जनाले पदच्युत गर्ने पक्षमा मतदान गरेका थिए । रुसोफ पदच्युत भएसँगै ब्राजिलमा विगत १६ वर्षदेखि सत्तामा रहेको वामपन्थी बोर्कस पार्टीको शासनकालको अन्त्य भएको छ ।
रुसोफविरुद्ध पदमा रहँदा आर्थिक अनियमितता गरेको र पदको दुरुपयोग गरेको आरोप लाग्दै आएको थियो । उनले भने सो आरोप अस्विकार गर्दै आएकी छन् । उनी पदमुक्त भएपछि उनको बाँकी कार्यकाल अन्तरिम राष्ट्रपति मिसेल टिमरले सम्हाल्ने भएका छन् । उनको कार्यकाल सन् २०१८ मा सकिँदै थियो ।