फेन्सी व्यवसायिले समाते पोके व्यापारी


बागलुङ, १३ भदौ
कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङले वजारमा अवैधानीक रुपमा डुल्ने पोके व्यपारीलाई जिल्ला प्रहरी कार्यलयमा वुझाएको छ । सरकारलाई कुनै कर नतिरी घर घरमा लगेर कपडा वेच्ने व्यापारीको विगविगी वढेपछि केही झोले व्यापारीलाई समितिले प्रहरीको जिम्मा लगाएको हो ।
घुमन्ते व्यापारीले गुणस्तरहिन समान वेत्ने तथा वृद्धा तथा वालवालिका लाई गुणस्तर हिन समान वढी मुल्लेमा वेच्ने गरेका कारण उपभोक्ताहरु ठगिएको कारण आफुहरुले प्रहरीको जिम्मा लगएको कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङका अध्यक्ष भोजराज रेग्मीले वताउनुभयो ।
उद्योग वाणिज्य संघका पदाधिकारी र प्रहरीको रोहवरमा आइन्दा घुमन्ते व्यापार नगर्ने सर्तमा छाडिएको छ । कपडा तथा फेन्सी व्यवसायी समितिले घुमन्ते व्यापारीले सिमित स्थानमा व्यापार गर्न चाहेमा आवश्यक सहयोग गर्ने र करको दायरा विना व्यापार नगर्न आग्रह गरिएको सचिव रामचन्द्र शर्माले वताउनु भयो ।
यसैविच, बागलुङमा ग्रामिण क्षेमा पनि घुमन्ते व्यापारीको विगविगि रहेकाले नियन्त्रण गर्न समितिले आग्रह गरेको छ ।