बागलुङका दश पालिकाको बेरुजु २० करोड बढी

बागलुङ, ३० असार । बागलुङका दश स्थानीय तहमा आर्थिक वर्ष २०७७/०७८ मा रु. २० करोड ९७ लाख बढी बेरुजु देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले २०७९ असार मसान्तमा सार्वजनिक गरेको ५९ औं बार्षिक प्रतिवेदन अनुसार बागलुङका १० वटा स्थानीय तहमा रु. २० करोड ९७ लाख ४८ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

बजेट अनुपातका आधारमा बागलुङमा सबैभन्दा बढी रकम बेरुजु काठेखोला गाउँपालिका (३.५० प्रतिशत) र सवैभन्दा कम बेरुजु बडिगाड गाउँपालिकामा (१.२६ प्रतिशत) देखिएको छ । काठेखोला गाउँपालिकाको रु. १ अर्ब १८ करोड ८२ लाख ४८ हजार रुपैयाँको लेखा परीक्षण गरेकोमा रु. ४ करोड १५ लाख ६२ हजार रुपैयाँ बेरुजु देखिएको छ । यस्तै बडिगाड गाउँपालिकाको १ अर्ब १६ करोड ३७ लाख ७४ हजार रुपैयाँको लेखा परीक्षण गर्दा १ करोड ४७ लाख ४ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

बागलुङ नगरपालिकाको रु. १ अर्ब ३५ लाख ९३ हजार रुपैयाँको लेखापरीक्षण गर्दा रु. २ करोड ६६ लाख २६ हजार रुपैयाँ, गलकोट नगरपालिकाको रु. १ अर्ब ४० करोड १० लाख २५ हजार लेखापरीक्षणबाट २ करोड ४५ लाख २१ हजार रुपैयाँ, जैमिनी नगरपालिकाको रु. १ अर्ब ५४ करोड ९१ लाख ६३ हजार रुपैयाँको लेखापरीक्षणबाट रु. २ करोड १ लाख ३१ हजार रुपैयाँ र ढोरपाटन नगरपालिकाको रु. १ अर्ब १ करोड २२ लाख ६० हजार रुपैयाँको लेखापरीक्षणबाट रु. १ करोड ५३ लाख ६९ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै निसीखोला गाउँपालिकाको ८७ करोड ८२ लाख १८ हजार रुपैयाँको लेखापरीक्षण गर्दा २ करोड १९ लाख ११ हजार रुपैयाँ, ताराखोला गाउँपालिकाको ८१ करोड ८५ लाख ७८ हजार रुपैयाँको लेखापरीक्षण गर्दा १ करोड ९६ लाख ३४ हजार रुपैयाँ, बरेङ गाउँपालिकाको ८१ करोड ३४ लाख ४३ हजार रुपैयाँको लेखापरीक्षण गर्दा १ करोड ४० लाख ५५ हजार रुपैयाँ र तमानखोला गाउँपालिकाको ६२ करोड ९४ लाख रुपैयाँको लेखापरीक्षण गर्दा १ करोड १२ लाख ३५ हजार रुपैयाँ बेरुजु भएको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here