एकै दिन दुई ठूला भूकम्प

काठमाडौं, ८ भदौ/ आज एकै दिन विश्वमा दुई ठूला भूकम्प गएका छन्। बिहान इटालीमा गएको ६.२ म्याग्निच्युडको भूकम्पले मच्चाएको विनाशलीलाका तस्बिर सार्वजनिक हुँदै गर्दा म्यान्मारमा दिउँसो ६.८ म्याग्निच्युडको अर्को भूकम्प गएको छ।
इटालीमा बिहान साढे ३ बजे गएको भूकम्पका कारण केही नगरका भवनहरु ध्वस्त भएका छन्। यो समाचार तयार पार्दासम्म कम्तिमा ३७ जनाको मृत्यु भएको खबर छ।
यसैबीच दिउँसो म्यान्मारमा केन्द्रबिन्दु बनाई ६.८ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का छिमेकी देश भारतको कोलकातासम्म पनि गरिएको थियो।
भूकम्पका कारण भएको क्षतिबारे थप जानकारी आइसकेको छैन। भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा ८४ किलोमिटर मुनि रहेको युएसजिएसले जनाएको छ।