टर्कीमा विस्फोट, ३० को मृत्यु

काठमाडौं, ५ भदौ
टर्कीको गजिनटेप शहरमा एक विवाह समारोहमा भएको विस्फोटमा कम्तिमा ३० जनाको मृत्यु भएको छ । ९४ जना भन्दा बढी घाइते भएका छन् ।
टर्की सरकारले यसलाई चरमपन्थी आक्रमण भनेको छ र आत्मघाती आक्रमणकारीले गराएको बताएको छ । यद्यपि विस्फोट कसले गराएको भन्ने खुलेको छैन ।
उपप्रधानमन्त्री मेहमत सिमसेकले यो आक्रमण बर्बरतापूर्ण भएको बताएको बीबीसीले जनाएको छ । गजिनटेप सिरियाली सीमाबाट ६४ किलोमिटरको दुरीमा छ