
काठमाण्डौ, २४ साउन
रियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा आयोजक ब्राजिल फेरि बराबरीमा रोकिएको छ ।
सोमबार बिहान भएको समूह ए अन्तर्गतको आफ्नो दोस्रो खेलमा ब्राजिल इराकसँग गोल रहित बराबरीमा रोकिएको हो । पहिलो खेलमा ब्राजिल दक्षिण अफ्रिकासँग गोल रहित बराबरीमै रोकिएको थियो ।
बिहान भएको खेलमा ब्राजिलको टिममा बार्सिलोनाका स्ट्राइकर नेइमार तथा पेरिस सेन्ट जर्मेनका मार्किनुस रहेपनि इराकको डिफेन्सलाई तोडेर गोल गर्न सकेनन् । समूहका दुई खेल सकिँदा दुई अंक मात्रै जोडेको ब्राजिल दोस्रो स्थानमा छ । ब्राजिलले अब समूहको अन्तिम खेलमा बिहीबार डेनमार्कसँग खेल्नेछ ।
चार अंक जोडेको डेनमार्क समूह एको शीर्ष स्थानमा छ । बिहानै भएको समूह बी अन्तर्गतको खेलमा जापान र कोलम्बियाले २–२ को बराबरी खेले ।