यी हुन २५ हजार फिटबाट हाम फाल्ने व्यक्ति

१७ साउन
अमेरिकाका ल्युक एकिन्सले प्यारासुट बिनानै २५ हजार फिटमाथिबाट हामफालेर कीर्तिमान बनाएका छन् । एकिन्स दक्षिणी क्यालिर्फोनियाको सिमी वेलीमा प्यारासुट बिनानै २५ हजार फिटमाथिबाट हामफालेका हुन् ।
४२ वर्षका एकिन्स दुई मिनेटमा जमिनमा आइपुगेका थिए । एकिन्सन एक सय ९३ किलोमिटर प्रतिघण्टाको दरमा जमिनको सहतहमा आइपुगेका हुन् । यसलाई समाचार च्यानल फक्स न्युले लाइभ देखाएको थियो ।
एकिन्स अमेरिकाको प्यारासुट एसोसिएशनका सुरक्षा तथा प्रशिक्षण सल्लाहकार हुन् । सुरक्षाका कारण व्यवस्थापकले प्यारासुटका साथ हामफाल्न आग्रह गरेको भएपनि आफूले प्यारासुट बिनानै हामफालेको बताए । हामफाल्नु भन्दा एक मिनेट अघि मात्रै आफूले प्यारासुट बिनानै हामफाल्ने अनुमति पाएको उनले बताए ।

– स्रोत : बिबिसी