बागलुङ, १५ साउन/ जिल्लामा थाईराईडको रगत परिक्षण पछि रिपोर्ट आउन १ हप्ता कुर्नुपर्ने समस्या अब केही समयमै छोटीएको छ ।
विश्वकै सर्वोत्कृष्ट प्रविधि एवम् रसायन मार्फत ४ नं. प्रदेशमा पोखराको न्यूरोडमा २०७० सालमा पहिलो पटक स्थापना भएको युनाईटेड रेफरेन्स ल्यावरेटरीले शनिबारदेखि बागलुङ बजारमा नमुना संकलन केन्द्र स्थापना गरेको छ ।
जिल्लामा धेरै प्रयोगशालाहरु भएपनि थाईराईड, क्यान्सर, आझेपन, मुटु, मृगौला, फोक्सो, कलोजो, हाडजोर्नी तथा नसा र खाना तथा बातावरणीय एलर्जीको रगत परीक्षणको रिपोर्ट पोखरा पठाएर आउन १ हप्ताभन्दा बढी लाग्ने गरेको थियो ।
अब संकलन केन्द्रले जिल्लामा संकलन गरी पोखरा २ घण्टामा पढाउने र पोखरा पुगेको २ घण्टाको विचमा रिपोर्ट विरामीहरुलाई दिईने प्रवन्ध निर्देशक ठाकुर प्रसाद पन्तले बताए ।
उक्त उद्घाटन समारोहमा बोल्दै धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट वरिष्ठ डाक्टर सागरकुमार राजभण्डारीले रिफरेन्स ल्याव जिल्लामै नभए पनि संकलन केन्द्रले बागलुङवासीलाई ठूलो सहयोग गर्ने बताएका थिए । उनले अब जिल्लामा पानी प्रदुषित भएको बताउँदै त्यसको परिक्षण गर्ने उपकरणको आवश्यकता परेको बताउँदै त्यसको लागि पनि ल्यावरेटरीसँग सहकार्य गरेर संचालन गरिने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, निलगिरी अस्पतालका गोविन्द गौतम जोशी र स्त्री तथा प्रसुती विशेषज्ञ लक्ष्मी आचार्य जोशीले विरामीहरुमा आफ्नो रिपोर्ट कस्तो आउने भनेर धेरै दिनसम्म विरामीहरुले तनाव गर्ने गरेको भन्दै अब विरामीहरुलाई केही हदसम्म आनन्द हुने बताएका थिए ।
ल्यावरेटरीका अध्यक्ष चेतबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको स्वागत संस्थाका संचालक सदस्य सुशिल थापा र संचालन प्रवन्ध निर्देशक ठाकुर प्रसाद पन्तले गरेका थिए ।