जिल्ला शिक्षा कार्यालयको चार करोड बजेट फ्रिज

नवीन शिशिर / खबर ‘वे’
बागलुङ, १४ साउन/ जिल्ला शिक्षा कार्यालय बागलुङको आर्थिक वर्ष २०७२/०७३ मा चार करोड बढी रकम फ्रिज भएको छ ।
शिक्षा कार्यालयको एक अरव ३२ करोड ४ लाख ५८ हजार ९ सय ६५ कुल बजेट मध्ये एक अरव २७ करोड ९४ लाख ९ हजार एक सय एक रुपैयाँ मात्र खर्च भएको छ । कुल बजेट मध्ये चार करोड १० लाख ४९ हजार ८ सय ६४ रुपैयाँ फ्रिज भएको जिल्ला शिक्षा कार्यालय बागलुङका शाखा अधिकृत खेम आचार्यले जानकारी दिनुभयो ।
deo baglungकार्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि, प्रोत्साहन तथा सहयोग, विद्यालय व्यवस्थापन तथा अनुगमन, सामुदायिक विद्यालय क्षमता अभिवृद्धि लगायतका कार्यक्रम शिर्षकमा वित्तिय प्रगति तुलनात्मक कमी भएको शुक्रबार आयोजित खर्च सार्वजनिकरण तथा समिक्षा कार्यक्रममा सार्वजनिक गरिएको थियो ।
कार्यालयले गत आर्थिक वर्षमा भौतिक संरचना निर्माण तर्फ १ सय ९ विद्यालयलाई २ कोठे, २० विद्यालयलाई ३ कोठ, १५ विद्यालयलाई बहुवर्षिय ४ कोठे, ४ विद्यालयलाई ६ कोठे र ४ विद्यालयलाई ८ कोठे भवन निर्माणको तथा ३९ विद्यालयमा वास सुबिधा भएको शौचालयन निर्माणको लागि बजेट निकासा गरेको थियो ।
यस्तै, भुकम्पबाट सामान्य क्षती पुगेका १ सय ३८ विद्यालयलाई मर्मत अनुदान, भुकम्पबाट अधिक क्षति पुगेका ५४ विद्यालयलाई मर्मत अनुदान, १६ वटा महिला शौचालय, खानेपानी व्यवस्थापनको लागि ४, कक्षाकोठा पुनस्थापन तथा फर्निचर व्यवस्थापन मर्मत १३ कोटा वितरण गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
DSC08540गतवर्षको एसएलसी परिक्षा संचालन तथा कापी परिक्षणको लागि कुल ४८ लाख ३९ हजार २ सय ६८ रुपैया खर्च भएको शाखा अधिकृत आचार्यले जानकारी दिनुभयो । बागलुङ जिल्लालाई निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षाको सुनिश्चितता र साक्षर घोषण कार्यक्रममा ६ लाख ३५ हजार ९ सय ५० आम्दानी र ८ लाख ८५ हजार ९ सय ५० रुपैया खर्च भएको जनाइएको छ ।
प्लान नेपालको आर्थिक सहयोगमा जिल्लाको २४ गाविस र १ नगरपालिकामा गरी कुल २ सय २६ विद्यालयमा बालिका शिक्षा प्रवद्र्धन तथा स्वरोजगार परियोजना संचालन गरिएको सो अवसरमा जानकारी गराइएको थियो ।
कार्यक्रममा नेपाली काग्रेसका सभापति दिपेन्द्र थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमर थापा, अखण्ड नेपालका रुद्र महत, नेकपा मालेका मञ्जु क्षत्री पत्रकार प्रकाश बराल, गैरसरकारी संस्था महासंघका सचिव मणीभद्र शर्मा, सेतो गुरास बाल सेवा केन्द्रका संयोजक विना कार्की लगायतले जिज्ञासा तथा सुझाव राख्नुभएको थियो ।
कार्यक्रम जिल्ला शिक्षा अधिकारी विष्णुबहादुर मिश्रको अध्यक्षता, सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्ययको स्वागत र शाखा अधिकृत लोकनाथ आचार्यको संचालनमा सम्पन्न भएको थियो ।