स्थानीय निकायको पुनसंरचनाको विषयमा छलफल

विक्रम सुनार / खबर ‘वे’
बागलुङ, १४ साउन/ नेकपा एमाले बागलुङ जिल्ला कमिटीले शुुक्रबारदेखि स्थानीय निकायकोे पुनसंरचना विषयक छलफलको सुरुवात गरेको छ । राज्य पुनःसंरचना आयोजगले बागलुङलाई बढीमा आठ गाउँपालिका हुने प्रारम्भिक खाता सार्वजनिक गरे पछि नेकपा एमालले जिल्ला तहमा छलफल सुरु गरेको हो ।
छलफलको क्रममा बोल्ने वक्ताहरुले जिल्लाका गाविसहरुलाई वैज्ञानिक तरिकाले समानुपातिक, समावेशी ढंगबाट गाउँपालिका निर्माण गर्ने बारे राय राखेको थिए ।
कार्यक्रमले श्रीप्रसाद शर्माको संयोजकत्वमा जिल्लाको पश्चिम क्षेत्रमा बाढी पहिरोबाट पीडित जनतालाई सहयोग गर्ने उद्देश्यले राहत तथा पुनः निर्माण समिति गठन गरेको छ । समितिको सदस्यहरुमा सांसद नर बहादुर थापा, इन्द्र सापकोटा, जनक पौडल, हिरा केसी, गीता शर्मा, हरिनारायण गौतम, भिम बहादुर थापा, डिल्लीराज गौतम, अञ्जु जिसी, पुनम शर्मा, बाबुराज शाक्य, राम बहादुर जिसी, सञ्जय श्रेष्ठ त्यस्तै दयाराम पौडेल, टँक पौडेल रहनु भएको छ ।
कार्यक्रमा बोल्दै नेकपा एमालेकी वैकल्पिक केन्द्रिय सदस्य मनकुमारी केसीले बाढी, पहिरो बाट पिडित भएकाहरुका लागि राहत तथा पुन निर्माणको लागि जिल्लावासीले सक्दो सहयोग गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा वैकल्पिक केन्द्रिय सदस्य गोविन्द नेपाली, इन्द्रलाल सापकोटा, जनक पौडेल, हिरा केसी, हरिनारायण गौतम, डिल्लीराज गौतम, टक पौडेल, रामकृष्ण शर्मा, लाल बहादुर थापा लगायतले स्थानीय निकायको पूनसंरचना र राहत तथा उद्धारको विषयम आ–आफ्नो राय राख्नुभएको थियो ।
कार्यक्रम नेकपा एमाले बागलुङका अध्यक्ष श्रीप्रसाद शर्माको अध्यक्षता र सचिवालय सदस्य विष्णु भुषालको सञ्चालनमा सम्पन्न भएको थियो । छलफल कार्यक्रमले बाढी, पहिरोबाट पडित भएकाहरुलाई दुःख व्यक्त गरेको थियो ।