पर्वत, १४ साउन
पर्वत जिल्लाको देविस्थान गाविसमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
देविस्थान २ डिही स्थित कच्ची सडकमा फलेवासवाट कुमाल गाउँ तर्फ जादै गरेको ध १ त २६८६ नम्वरको ट्याक्टरमा सवार देविस्थान गाविस–३ का १४ वर्षिय समिर माझीको ज्यान गएको हो ।
कच्ची बाटोमा तिब्र गतिमा गुडेको ट्याक्टरवाट खसेर घाईते भएका माझीको उपचारका लागि स्थानिय फलेवास स्वास्थ्य चौकीमा ल्याउदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
ट्याक्टरका चालक दिनेश गौतम र सवारीसाधन प्रहरी नियन्त्रणमा रहेको प्रहरी निरिक्षक दिपक पातीलले जानकारी दिनुभयो ।