बागलुङ, १४ साउन
बागलुङको पश्चिम बूर्तिवाङ क्षेत्रका बाढी पहिरो प्रभावित परिवारका लागि पठाइएको तत्कालिन राहत बिचमै रोकिएको छ ।
जिल्ला प्रशासन कार्यालयको पहल, बिभिन्न सामाजिक सघं संस्थाको सहयोगमा संकलित पाल, त्रिपाल, खाद्य सामग्री, कपडा लगायतका सामान नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको भ्यान मार्फत प्रभावित क्षेत्रमा बिहिवार पठाए पनि अझै पुग्न सकेको छैन ।
बाढी पहिराबाट बढी प्रभावित भएका अधिकारीचौर, दर्लिङ, बुर्तिबाङ, राजकुत, बुङ्गादोभान लगायतका गाविसमा पठाएको राहत सामग्री भिमगिठेमा गएको ठुलो पहिरो र खोला बढेका कारण प्रभावित क्षेत्रमा पठाउन समस्या भएको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले बताउनुुभयो । विहिबार पठाइएको सामग्री अझै पुग्न सकेको छैन, उहाँले भन्नुभयो, सडक मार्गबाट सामग्री पठाउन चुनौतिपूर्ण देखिएको छ ।
पानीको कारण कच्ची सडक ठाउँ ठाउँमा विक्रीएको कारण ठूलो भ्यान बूर्तिवाङ बजार सम्म पनि पु¥याउन गाह्रो भएको छ । राहत सामाग्री लिएर गएको नेपाली सेना र सशस्त्र प्रहरीको भ्यान भीमगिठे बजारमा रोकिएको छ ।
यसैबीच, प्रभावित क्षेत्रको अगुमनका लागि गृहमन्त्री भिम रावल आउने भनिए पनि मौसम खरावीका कारण आगमन स्थगित भएको छ । शुक्रबार बिहानदेखीको मौसम खराब भएका कारण बिमान उडान नभए पछि मन्त्री र सांसदहरु नआउने निश्चित भएको प्रशासनले जनाएको छ ।