विश्वकै सबैभन्दा ठूलो र प्रभावकारी मानिएको सर्च इन्जिन गुगलमा सबै कुरा खोजिन्छ । त्यसैले नै गुगलाई अनलाइन डिक्सनेरी समेत भन्ने गरिन्छ । तर कतिपय अवस्थामा गुगलमा सर्च गरेकै कारण अप्ठ्यारेमा पर्न सकिन्छ । यदी तपाईले गुगलमा रोग र औषधीसँग जोडिएको केही कुरा सर्च गर्नुहुन्छ भने यो डाटा तेस्रो पार्टीलाई ट्रान्सफर गरिन्छ । गुगलमा संदिग्ध कुराहरुको सर्च गर्नुभयो भने पुलिसको नजर तपाइमाथी पर्न सक्छ ।
तपाईंले यस्तै संदिग्ध साइट सर्च गर्नुभयो भने तपाईं कानुनी लफडामा फस्ने सम्भावना धेरै हुन्छ । जसमा कारण तपाईंको सर्च हिस्ट्रिको पूरा डेटाबेस हुन्छ । त्यस्तै गुगलमा असुरक्षासम्बन्धि जानकारी भुलेर सर्च गर्नुभयो भने पनि त्यससँग सम्बन्धित विज्ञापन आउन सुरु हुन्छ ।
यसबाट यो पुष्टि हुन्छ कि कसैले तपाईंलाई इन्टरनेटमा फलो गरिरहेको छ । यदि तपाईं असुरक्षासँग सम्बन्धित विज्ञापनले आफूलाई तनाव नगरोस् भन्ने चाहनुहुन्छ भने तपाईं यस्ता कुराहरु सर्च गर्न बन्द गर्नुहोस् । जसबाट तपाई सुरक्षीत बन्न सक्नुहुन्छ । एजेन्सी