बागलुङ, १३ साउन
बागलुङको पश्चिम क्षेत्रका बाढी पहिरो प्रभावितहरुका लागि बागलुङका पत्रकारहरुले शुरु गरिएको राहत संकलन अभियानको पहिलो दिन ७५ हजार संकलन गरिएको छ ।
नेपाल पत्रकार महासघं बागलुङसँगको समन्वयमा कैफियत अनलाइन, परिसूचन र सन्तुलित साप्ताहिकको बिशेष पहल तथा संयोजनमा सञ्चालित अभियानमा ३० हजार भन्दा बढीको कपडा सकंलन भएको छ ।
जिल्लाको पश्चिम क्षेत्रमा बाढी पहिरोबाट भएको ठुलो जनधनमा थोरै भए पनि राहत प्रदान गर्न सामाजिक उत्तरदायित्व अन्र्तगत परोपकारी कार्यका लागि सहकार्यमा राहत अभियान सञ्चालन गरिएको नेपाल पत्रकार महासघं बागलुङका सचिव तथा कैफियत अनलाइनका सम्पादक दिल शिरीषले बताउनुभयो ।
राहत अभियान आगामी साउन २२ गतेसम्म सञ्चालन गरिनेछ । संकलित राहत रकम जिल्ला प्रशासन कार्यालय सँगको समन्वय र कपडा भोली बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत पठाउने व्यवस्था गरिएको छ ।
राहतका लागी जिल्ला सदरमुकाम र आसपासकाले सिधै सम्वन्धित संस्था र व्यक्तिलाई प्रदान गर्न सक्नेछन् भने जिल्ला भन्दा बाहिर रहने र बिदेश भएकाहरुले परिसूचना पत्रिकाको नेपाल बैकंमा रहेको खाता नम्बर ०२२००१०११३८५८००००००१ मा सहयोग संकलन गर्न सक्ने लेखन नेपालका अध्यक्ष भिमसेन बनले बताउनुभयो ।