नवीन शिशिर
बागलुङ, १३ साउन
अविरल वर्षासँगै गएको पहिरोले बागलुङको पश्चिम अधिकारीचौरमा ५४ घर ध्वस्त भएका छन ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक चक्रबहादुर सिंहको अनुसार अधिकारीचौर वडा नम्बर–७ को दगाडीमा २० र वडा नम्बर ५ मा ३४ घर पहिरोले बगाएको छ ।
पहिरोले हालसम्म जिल्लाका एक सय ७ घर ध्वस्त बनाएको छ । पहिरोले सवै भन्दा बढी अधिकारीचौर गाविसमा क्षती पु¥याएको छ । बोङगादोभान, भीमगिठे, ग्वालीचौर, दर्लिङ, राजकुत र बूर्तिवाङमा पनि पहिरोले घर बगाएको छ ।
यद्यपी ति गाविसको कुन कुन वडामा कति घर पहिराले बगायो भन्ने तथ्याङ्गक अद्याबधि हुने काम जारी रहेको प्रहरी उपरिक्षक सिहको भनाईरहेको छ । राहत वितरण र तथ्याङ्गकको कामसँग सँगै अगाडी बढेको उहाँको भनाई रहेको छ । पहिरोमा परी दर्लिङ र राजकुतका छ जनाको ज्यान गएको थियो ।
पहिरो पीडितहरु छिमेकीको घरमा आश्रय लिएर रात काट्न बाध्य भएका छन । पहिराले घरमा भएको अन्नपात तथा लत्ताकपडा समेत बगाएकाले पहिरो पीडितहरुलाई थप समस्यामा परेका छन ।