सागमा पदक जित्ने खेलाडी सम्मानित

काठमाडौं, १३ साउन/ सरकारले १२ औँ दक्षिण एसियाली खेलकुद सागका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ । भारतको गुवाहटी र सिलोङमा भएको प्रतियोगितामा पदक जित्ने खेलाडी र संघलाई सरकारले बिहीबार नगदसहित सम्मान गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पदक जित्ने राष्ट्रिय संघलाई नगदसहित सम्मान गरेको हो ।
स्वर्ण पदक जित्ने संघ, खेलाडी र प्रशिक्षकलाई ५ लाख, रजत पदक जित्नेलाई ३ लाख तथा कास्यपदक जित्नेलाई २ लाख रुपैयाँ प्रदान गरिएको हो ।