
काठमाडौं,१३ साउन
नेपाल र भारतबिच बिहीबारदेखि मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुँदैछ । प्रतियोगिताको दिउँसो साढे १ बजे उद्घाटन हुने र खेल साढे २ बजेपछि सुरु हुनेछ ।
खेल त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा हुनेछ । बिहीबारको खेलमा भारतलाई हराउने लक्ष्य लिएको आयोजक नेपाल भलिबल संघले जनाएको छ । तर नेपाल भन्दा भारत निकै बलियो टिम भएकाले हराउन मुस्किल पर्ने देखिएको छ ।
खेल जित्न नसकेपनि उत्कृष्ट खेल्ने मुख्य प्रशिक्षक सुदेशकुमार रिमालले बताए । प्रतियोगिताले खेलाडीको मनोबल बढाउने प्रशिक्षक रिमालको भनाई छ । भारतीय टीममा १२ औँ साग खेलेका ९ खेलाडी छन् । नेपालले भने सागकै खेलाडीलाई नै निरन्तरता दिएको छ ।
भारत १२ औँ सागको च्याम्पियन हो भने नेपालले कास्य पदक जितेको थियो । नेपाली राष्ट्रिय टोली विनिता बुढाथोकीको कप्तानीमा र भारत पुर्णिमा एमएसको कप्तानीमा मैदान उत्रनेछ ।
अन्तर्राष्ट्रिय भलिबल महासंघले उपलब्ध गराएको झण्डै २८ लाख पर्ने म्याट उद्घाटन अन्तराष्ट्रिय खेलबाट हुनु पर्ने नियम अनुसार नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।