तोके बमोजिमको शुल्क असुल गर्न अखिल क्रान्तिकरीको आग्रह

बागलुङ, १२ साउन
अखिल क्रान्तिकारी बागलुङले उच्च माध्यमिक शिक्षा परिषदले तोके बमोजिमको शुल्क लिन जिल्ला स्थित सम्पूर्ण उच्च माविहरुलाई आग्रह गरेको छ ।
जिल्लामा संचालित केही निजी उच्च माविहरुले परिषदले तोके भन्दा बढी भर्ना तथा मासिक शुल्क लिएको गुनासो आएको भन्दै विद्यार्थी र अभिभावकलाई मर्कामा पर्ने काम कुनै पनि शिक्षण संस्थाबात गर्न नहुने विज्ञाप्तीमा उल्लेख गरिएको छ ।
उच्च माविहरुमा विद्यार्थीहरुबाट अनियमित रुपमा शुल्कहरु लिइएको भेटिएमा त्यस्ता उच्च माविहरुलाई विद्यार्थी आन्दोलनको कडाभन्दा कडा कार्वाहीको निशाना बनाउने अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला अध्यक्ष जीवन शर्माद्धारा जारी विज्ञाप्तीमा उल्लेख गरिएको छ ।