बागलुङ, १२ साउन/ जिल्ला प्रशासन कार्यालय बागलुङको अगुवाई तथा बागलुङ नगरपालिका कार्यालयको व्यवस्थापनमा सुरु गरिएको बागलुङ नगर सरसफाई अभियान अन्तर्गत बुधबार नगर सरसफाई गरिएको छ ।
बागलुङ नगरपालिका भित्र बढ्दै गईरहेको प्रदुषणलाई नियन्त्रण गर्नका लागि हरेक महिनाको दोस्रो र अन्तिम बुधबार पाक्षिक रुपमा २ दिन नियमित सरसफाई गर्ने कार्यक्रम अनुसार सरसफाई गरिएको हो ।
बुधबार नगरपालिकाको सेवा केन्द्रबाट सुरु भएको सरफाई अभियान लोकतान्त्रिक चोक, धवलागिरी चोक, बालमन्दिर चोक हुँदै अस्पताल तथा पुरानो हुलाक कार्यालयको चोकसम्म सरफाई गरिएको थियो । सरसफाई नौ हप्तामा प्रवेश गरेका छ ।
विशेषगरी नेपाली सेना तथा नेपाल प्रहरीको सहयोग तथा फोहोर व्यवस्थापन सहकारीको संयोजनमा कार्यक्रम चलाईएको छ । मानव जिवनमा सरसफाईको अत्यन्तै महत्व हुने भएकाले यसमा ध्यानदिनुपर्ने अभियानका क्रममा बताइएको थियो ।
बागलुङको पहिचालनका लागि नगर सरसफाई राख्नुपर्ने एवं फोहोरमैला जथाभावी सडक, नालीमा नफाली संकलन गरेका उचित व्यवस्थापन गर्नुपर्ने सन्देश सहि सरसफाई गरिएको हो । सडक पेटीमा व्यापारीक तथा निर्माण सामाग्री नराखी आवागमनलाई सहज बनाउनुपर्ने पनि सन्देश नगरबासीमा प्रदान गरिएको छ ।
फोहोर छोएपछि, घरायसी, खेतबारी तथा खाना खानु अघि अनिवार्य साबुनपानीले हात धुनुपर्ने भन्दै सरसफाईमा बढि ध्यान दिन आग्रह समेत गरिएको थियो ।