पहिरो पीडितलाई हेलिकप्टरबाट राहत पठाईयो

बागलुङ, १२ साउन/ बागलुङ सदरमुकामलाइ पश्चिम गाविस सँग जोड्ने मुख्य मार्ग मध्यपहाडी लोकमार्ग पुर्णरुपमा अवरुद्व भएको छ ।
सडक अबरुद्व भएसँगै बुर्तिबाङ, दर्लिङ, अधिकारीचौर, राजकुत लगाएतका गाविसमा पहिरोबाट ठुलो संख्यामा बिस्तापीत घरपरीवारलाइ प्ररारम्भीक राहात पु¥याउन समेत नसकीएको जिल्ला प्रशासन कार्यलय बागलुङले जनाएको छ ।
केही बेर अघि मात्रै नेपाली सेनाको हेलीकप्टर मार्फत ५४ ओटा पाल,तथा ४ बोरा चाउचाउ,चिउरा पठाइएको जिल्ला प्रशासन कार्यलय बागलुङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले जानकारी दिनुभयो ।
13645085_1751708011765305_5805659348218128761_nघाइतेलाइ उद्वारको लागि आएको हेलीकप्टरमा तत्काललको लागि थोरै सामाग्री पठाएपनि थप राहातको लागि सडक सुचारु हुनु पर्ने देर्खीएको छ ।
बागलुङ बृर्तीबाङ खण्डको १ सय ७ किलोमीटर अधिकांश ठाँउमा सडम अबरुद्व छ । देविस्थान र भिमगिठेमा नदीले सडक कटान गरेको छ भने बिहुँको किम्बोट, नरेठाँटी, मल्लमा सडक पहिरोले बगाएको मध्यपहाडी लोकमार्ग बागलुङ खण्डका डिभीजन इन्जीनियर बद्री प्रसाद शर्माले जानकारी दिनुयभो । यस्तै ग्वालीचौर र काँडेवासमा माथीबाट खसेको पहिरोले सडक अबरुद्व पारेको छ । अबरुद्व सडक मध्यपहाडीका सम्पुर्ण स्रोत साधन प्रयोग गरेर खुलाउने काम जारीरहेको आयोजनाले जनाएको छ ।