पर्वत बेनीमा पहिरोः उपचारका लागि लैजादै गर्दा १ को मृत्यु ६ घाईते

म्याग्दी, १२ साउन/ माझफाँट गाविस ३ स्थित पर्वत बेनी आज राति पहिरो जाँदा १ को मृत्यु भएको छ, भने ६ जना घाईते भएका छन् । कालीपुल पक्की मोटरेवलपुल नजिकै रहेको धौलागिरि कपास उद्योगको माथिबाट राति १ बजेतिर एक्कासी पहिरो आएको थियो । पहिरोबाट गम्भीर घाईते भएकी ११ वर्षिया अंकिता तामाङको उपचारको क्रममा पोखरा लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीचौकी पर्वत बेनीले जानकारी दिएको छ ।
नुवाकोट त्रिसुली घर भई कपास उद्योग सञ्चाल गर्ने र सोही उद्योग काम गर्दै आएका थिए । कमनबहादुर तामाङको उद्योगमा उद्योगमा १० जना सुतिरहेको थिए । राति सोही अवस्थामा एक्कासी कपास उद्योग माथिको ढिक खस्दा उद्योग पूर्ण रुपमा ध्वस्त भएको छ । पहिरोबाट ३ जना शकुसल रहेका छन् भने अन्य घाईते ६ जनाको जिल्ला अस्पताल म्याग्दीमा उपचार भैरहेको पर्वते बेनीका प्रहरी जवान होमबहादुर थापाले जानकारी दिए । पहिरोबाट नुवाकोट धोडेनी नगरपालिका विदुर १० की १६ वर्षीय सुस्मीता तामाङ, सोही स्थानकी ३२ वर्षिय फुलमाया तामाङ, देउराली २ का २० वर्षीय प्रेम तामाङ, देउराली २ का ३५ वर्षीय सुवास थापा, देउराली २ की १२ वर्षकी सृष्टी घले र अजय तामाङ घाईते भएका छन् । उनीहरुको हात र खुट्टामा चोट लागेको छ । पहिरोबाट उद्योगमा कति क्षति भएको छ भन्ने एकिन तथ्याङ्क आउन बाँकी रहेको प्रहरी चौकीले जनाएको छ । केही दिनयता लगातार परिरहेको पानीका कारण उद्योग माथिको ढिक चर्किएर खसेको हुन सक्ने अनुमान गरिएको छ । बाढी पहिरोले विभिन्न स्थानहरुमा क्षति पु¥याउन थालेको छ ।