नेविसंघको महाधिवेशन तोकिएको समयमा हुन्छ ­महामन्त्री बस्नेत

नारायण रिजाल
बागलुङ, ११ साउन /नेपाल विद्यार्थी संघका पुर्वमहामन्त्री जितजंग बस्नेतले तोकिएकै समयमा नेविसंघको महाधिवेशन हुनुपर्ने बताउनुभएको छ । नेविसघले श्रावण २३ देखी २५ गतेसम्म ११औ महाधिवेशन तोकेको छ ।
नेपाल विद्यार्थी संघ बागलुङले आयोजना गरेको विद्यार्थी भेटघाट तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै संगठन भित्र बस्नेतले नेविसंघ भित्र नक्कली विद्यार्थी भएका कारण तोकिएको समयमा महाधिवेशन गर्न नदिएको बताउनुभएको छ ।
बस्नेतले विगतमा ८ पटक अधिवेशन स्थगित हुनुको कारण पनि नेविसंघ भित्रको व्यक्तिगत हालिमुवाली भएको बताउनुभयो । नेपाली काँग्रेसले आट गर्न नसक्दा विगतका दिनमा समयमा महाधिवेशन हुन नसकेको जिकिर गर्नुभयो ।
आगामी महाधिवेशनमा अध्यक्षका लागि आफ्नो उम्मेदवारी रहेको भन्दै अबको दिनमा नेविसंघ गुट उपगुटको अन्य गरेर जाने बताउनुभयो । विगतका दिनहरुमा टिके प्रथा रहेको र आफ्नो उम्मेदवारी टिके प्रथाको अन्य गर्नका लागि रहेको बताउँदै आउँदो अधिवेशन बैधानिक तरिकाले गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका पाटी सभापति दिपेन्द्र बहादुर थापा, क्षेत्र नं. १ का क्षेत्रीय सभापति चिरन्जीवी गौतम, नेविसंघ बागलुङका निवर्तमान अध्यक्ष हरिहर शर्मा, भुतपुर्व सैनिक संघका अध्यक्ष हरिबहादुर भण्डारी, लगायतले बोल्नुभएको थियो ।
नेविसंघ बागलुङका अध्यक्ष खडक थापाको अध्यक्षता सचिव नरेन्द्र कंडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।