
अपडेट
नवीन शिशिर
बागलुङ, ११ साउन/ अविरल बर्षाका कारण आएको बढी र पहिरोमा पुरिएर बागलुङको पश्चिम राजकुट र दर्लिङमा ज्यान गुमाउनेको संख्या चार पुगेको छ भने दुई जना (आमा छोरा) बेपत्ता भएका छन् ।
सोमवार राति देखी निरन्तर भएको बर्षाका कारण पहिरोले घर भत्किदा राजकुट ७ कुँडुलाका सन्तबहादुर तामाङका ८ बर्षिया छोरी तुजि तामाङ, २२ बर्षिय डिकी तामाङ, दर्लिङ ३ धानगाडेका हर्कबहादुर बुढाका १८ बर्षिया छोरी यमुना बुढा र दर्लीङ– ९ लोसेका ७८ वर्षको दकेबहादुर पुनले ज्यान गुमाएका हुन ।
तुजी र यमुना दुवैको घर भत्किएर पुरिदा घटनास्थलमै मृत्यु भएको हो भने डिकिको उपचारका क्रममा अस्पताल ल्याउदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ । देक पुन गोठमा बसि रहेको अवस्थामा गोठ भत्कीदा ज्यान गएको प्रहरी नायव उपरिक्षक अनिल खडकाले जानकारी दिनुभयो ।
पहिरोमा परी बुढाका ४१ बर्षिया श्रीमति देवि बुढा र र ९ बर्षिय छोरा सन्दिप बुढा बेपत्ता भएका छन् । बिहान घरमा बसिरहेका बेला अचानक पहिरो आए पछि उनीहरु घर भित्र पुरिएका थिए । हर्कबहादुर भने काम बिशेषले बाहिर भएकाले ज्यान जोगाउन सफल भएका छन् ।
पहिरोमा पुरिएर घाइते भएका तामाङका २२ बर्षिय श्रीमति सुशिलाको बुर्तिबाङमा उपचार भइरहेको लालबिर तामाङले बताउनुभयो । पहिरोले बुढाको घर कहाँ पु¥याएको भन्ने एकिन गर्न समेत कठिन भएको उहाँले बताउनुभयो । पहिरोमा परी दर्लिङ ३ धानगाडेका ४१ बर्षिया देवी बुढा र ९ बर्षिय सन्दिप बुढा बेपत्ता भएको प्रहरी प्रहरी नायव उपरिक्षक खडकाले बताउनुभयो ।