अविरल वर्षाले जिल्लाका धेरै ठाउँ डुवानमा

बागलुङ, ११ साउन/ दुई दिन देखि परेको अविरल वर्षाका कारण बागलुङ जिल्लाका अधिकांश गाउँहरुमा पहिरो गएको छभने सदरमुकाम बागलुङ बजारसम्मको सवारी सम्बन्ध पनि विच्छेद भएको छ । अविरल वर्षाले बागलुङ बजारमा अवस्थित पुनरावेदन अदालत डुवानमा परेको छ । बर्षातका कारण सडकमै आएको बाढी पसेर अदालत जलमग्न भएको हो ।
Aadalat-Road

मंगलवार विहानै पसेको बाढीले दिनभरी अदालतको काममा अवरोध आएको छ । सेवाग्राही आउन जान समस्या परेको थियो ।
13615480_1070202633060568_3054320099683918707_nत्यस्तै शिवधारा चोक देखि लालीगुराँस चोक, हल्लनचोक क्षेत्रका दर्जनौ घरमा बाढी पसेको छ । त्यस्तै जिल्ला प्रहरी, मालपोत लगायतका सरकारी कार्यालय पनि जलमग्न भएका थिए । उपल्लाचौर जाने सैनिक व्यारेक नजिकैको बाटो बाढीले जीर्ण बनाएको छ । सेनाका जवानले अवरुद्ध भएको सडक दिनभरीनै खुलाइ रहेका छन् ।
उता बुंगादोभान बजारमा जतिबेला पनि खोला पस्ने खतरा बढेको स्थानीय बिरेन्द्र गिरीले बताए । गिरीको घर भने मंगलवार रातीनै भत्केको छ । जनजागृती उमाविको पर्खाल, प्रहरी चौकीको भवन, शौचालय जोखिममा परेको छ ।

IMG_8565खोलाले कुटानी पिसानी गर्ने घट्ट बगाएको छ । खानेपानीको मुहान भत्केकोले हाहाकार भएको । विद्युत आयोजना बगाएकोले स्थानीयले कष्टकर जीवन विताइरहेका छन् । रेडियोहरु पनि संचालन हुन सकेका छैनन् । उता अधिकारीचौर ५ मा बाढीले ३ घर बगाएको स्थानीय गगन मगरले बताए । २५ घर जोखिममा परेका छन् । बाढीले अधिकारीचौर ९ बुढाथरको लघुजलविद्युत आयोजना बगाएको छ ।
यस्तै बागलुङ जिल्लाको बागलुङ भीमापोखरा सडक खण्ड पनि अवरुद्ध हुँदा आज कुनै पनि गाडीहरु आवातजावात भएका छैन् । भीमापोखराको अक्षेते सिम सडक खण्डमा जताततै पहिरो गएको कारण सवारी साधन संचालन हुन नसकेको गाडी संचालक राजु गौतमले जानकारी दिए ।
IMG_8567

यस्तै अविरल वर्षाको कारण वढिघाट नदिमा आएको वाढिले तटिय वजारहरु जोखिममा परेका छन् । भने सयौं रोपनि खेत वगरमा परिणत भएको छ। बाढिले बागलुङको भिमगिठेको खाल र गुल्मीको नेटा जोड्ने खालको पुल, बागलुङको ग्वालीचौर वालुवा र गुल्मीको पौंदिअमराई जोड्ने बालुवाको पुल तथा गुल्मीको वामी र मुसिकोट जोड्ने सुदिको पुल वगाउँदा वारीपारीको सम्बन्ध विच्छेद भएको छ। ति पुल सवै झोलुङ्गे हुन् । निरन्तर पानी परिरहेको र वढिघाटको वहाव नघटेको कारण तटिय क्षेत्रमा कटान रोकिएको छैन । वाढिको कारण खर्वाङमा रहेको तटिय क्षेत्रको झण्डै ३५ मुरि वढिको खेत पुरेको छ ।