बागलुङ, १० साउन/ स्वार्थभन्दा माथि उठेर सेवा गरौँ भन्ने भावनका साथ सामाजीक क्षेत्रमा क्रियाशिल रहेको रोट्रयाकट क्लब अफ बागलुङले बानपा–११ उपल्लाचौरमा रहेको गौरीधाम शिव मन्दिरमा आर्थिक सहयोग गरेको छ ।
क्लबले मन्दिर वरपर ढुङ्गा बिछ्याउने उद्देश्यले सुरु गरिएको आर्थिक संकलन अभियानमा ५५ सय रुपयौँ सहयोग गरेको क्लबका अध्यक्ष सुवास केसीले खबर ‘वे’लाई जनकारी दिए।
क्लबका सदस्यहरुबाट जनहि १ सय ५० रुपयौँ संकलन गरेर मन्दिर प्रति सदस्य एउटा ढुङगा बिछ्यान सहयोग पुगोस भन्ने हेतुले रकम सहयोग गरेको क्लबका अध्यक्ष सुवास केसीले बताए । रकम क्लबका अध्यक्ष केसीले मन्दिरका अध्यक्ष नगेन्द्र सुवेदीलाई हस्तान्तरण गरेका थिए ।