नेकपा माओवादी केन्द्रका जिल्ला कोषाध्यक्ष एमालेमा फिर्ता

नवीन शिशिर
बागलुङ, ९ साउन/नेकपा माओवादी केन्द्र जिल्ला कमिटी बागलुङकी कोषाध्यक्ष गीता शर्मा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
आइतबार बागलुङमा पत्रकार सम्मेलनको आयोजना गरी माओवादी केन्द्रकी कोषाध्यक्ष शर्माले एमालेमा फिर्ता हुनुभएको हो । वि.स २०७० असोजमा तत्कालिन एमाले प्रतिनिधि परिष सदस्य ऋषिराम शर्मा सहित शर्माले एमाले त्याग गरी तत्कालिन एकीकृत माओवादीमा प्रवेश गर्नुभएको थियो ।
ppp2राजनैतिक र सामाजिक सेवाका क्रियाकलहरु नेपालको वामपन्थी आन्दोलनको नेतृत्व र जनताको भावनाको प्रतिनिधित्व नेकपा एमाले पार्टीले मात्र गर्न सक्ने भएकाले पुरानै पार्टीमा फिर्ता भएको जारी विज्ञाप्तीमा उल्लेख गरिएको छ ।
शर्मालाई नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा धौलागिरी इन्चार्ज गणेश तिमिल्सीनाले स्वागत गर्नुभएको थियो । पत्रकार सम्मेलनमा बोल्दै शर्माले भन्नुभयो– ‘म आफै फूलबारी फर्किएँु, अब आफ्नो फूलबारीको माली आफै बन्ने कोसिस गर्नेछु ।’
निकै भावुक मुद्रामा प्रस्तुत हुनु भएकी शर्माले आफैले निर्माण गरेको फूलबारी छोड्दाको पीडा असह्यै हुने बताउँदै विगतलाई सम्झदै आँसु झार्नु भएको थियो । बाँकी जीवन सक्रिया राजनीतिमा विताउने शर्माले बताउनुभएको थियो ।
विद्यार्थी राजनीतिक देखिनै एमालेमा क्रियाशिल रहनुभएकी शर्मा पार्टी त्याग गर्ने समयमा तत्कालिन नेकपा एमाले प्रतिनिधि परिषद सदस्य, अनेमसंघकी अध्यक्ष साथै पुष्पलाल स्मृति प्रतिष्ठानको उपाध्यक्ष समेत रहनुभएको थियो ।