काबुल, ८ साउन/ अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले राजधानी काबुलमा एउटा प्रदर्शनमा गराइएको आत्मघाती बम हमलामा कम्तीमा ६१ जनाको ज्यान गएको जनाएको छ। १५० जनाभन्दा बढी घाइते भएका छन् ।
प्राप्त खबरहरुका अनुसार घटनास्थलमा क्षतविक्षत शवहरु र पाखुराहरु छरपस्ट देखिन्छन् । स्वास्थ्य मन्त्रालयले मृतकको संख्या बढ्न सक्ने बताएको छ ।
घाइतेहरुको उपचारका लागि आवश्यक रगत पुर्याउन रक्तदानका लागि अपील गरिएको छ । प्रदशर्नकारीहरुलाई रोक्न एवम् राष्ट्रपति भवनको सुरक्षाका निम्ति उक्त क्षेत्रमा अधिकारीहरुले अवरोध खडा गरेकाले घटनास्थलमा एम्बुलेन्सहरु पुग्न कठिनाई भएको थियो ।
बीबीसी