बागलुङ, ८ साउन/ आन्तरिक पर्यटकको प्रबद्र्वन, कला संस्कृतीको संरक्षणको लागि हरेक बर्ष हुँदै आएको तिजी मेला यस बर्षपनि निरन्तरता पाउने भएको छ ।
बानपाका केही वडा र मालिका गाविसको जैविक बिवीधतायुतm पर्यटकीय सामुदायीक वनको आयोजनामा हुँदै आएको मेला यस बर्ष भदौ १८ गते देखी २० गते सम्म हुन लागेको आयोजकले जनाएका छन् । शनिबार वन समितिको बैठकले ३ दिने मेला आयोजना गर्ने निर्णय गरेको हो ।
मेलामा खुल्ला भलिबल प्रतियोगिता, छेलो, दौड, विद्यालय स्तरिय तिज गीत प्रतियोगिता लगायतका कार्यक्रम रहने मेला आयोजक समितिले जनाएको छ । साथै मेलाको तयारी स्वरुप टेक बहादुर केसी ‘बद्री’को अध्यक्षता १९ सदस्य मुल आयोजक समिति तथा ८ ओटा उपसमिति गठन गरिएको प्रचारप्रसार उपसितिका संयोजक कृष्ण प्रसाद सापकोटाले जानकारी खबर ‘वे’ डट कमलाई जानकारी दिनुभयो ।
बैठकले बिपीन बिश्वकर्माको संयोजकत्वमा भलीबल प्रतियोगिता उपसमिति, पदम बहादुर केसीको स्रयोजकत्वमा अर्थिक तथा छेलो प्रतियोगिता उपसमिति, सम्मर बहादुर केसीको संयोकत्वमा दौड प्रतियोगिता उपसमिति, मुक्तिराम सापकोटबाको संयोजकत्वमा तीज गीत प्रतियोगिता उपसिमिति, गणेश किसानको संयोजकत्वमा स्वंयमसेवक परिचालन उपसमिति, रमेश किसानको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
मेलामा करिव ५ लाखको आर्थिक कारोबार हुने मेला आयोजक समितिको अनुमान रहेको छ । साथै मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको सांगेतिक प्रस्तुती रहने आयोजकले जानकारी गरायो ।