लायन्स र लियोको वृक्षरोपण

खबर ‘वे’
बागलुङ, ८ साउन/ जिल्लामा क्रियाशिल लायन्स तथा लियो क्लबले वृक्षरोपण गरेका छन् । बागलुङका लायन्स क्लब अफ धौलागिरी, लायन्स क्लब अफ बागलुङ सिटी र लियो क्लब अफ धौलागिरीले बागलुङ नगरपालीका–४ स्थित कैलम पोखरी सामुदायीक वनमा वृक्षारोपण गरेको हो ।
13820346_1082599275149723_451127848_nसो अवसरम धुपी, चाँप लगायतका ४० भन्दा बढी बिरुवा रोपेको क्लबहरुले जनाएका छन् । साथै गत बर्ष क्लबहरुले रोपेका बिरुवाको संरक्षणको लागि गोडमेल तथा मलजल गरेको लियो क्लब अफ बागलुङका अध्यक्ष खेमराज शर्मा ‘अर्जुन’ले जानकारी दिनुभयो । लियो तथा लायन्स क्लबको वार्षिक कार्ययोजना अनुसार गत बर्ष रोपेका बिरुवाको संरक्षण तथा नयाँ बिरुवा रोपेको जनाइएको छ ।