दुर्गा भवानी मन्दिरको शिलन्यास

बागलुङ ७ साउन/बागलुङ जिल्लाको तित्याङ गाविस वडा नं ९ मा रहेको आसापुर्णेश्वर शिवालय महादेव मन्दीर परिसरमा निर्माण गर्न लागिएको दुर्गा भवानी मन्दिरको शुक्रवार शिलन्यास गरिएको छ ।
मन्दिरको जेष्ठ नागरिकद्धय देवीप्रसाद उपाध्याय र तिर्थप्रसाद उपाध्यायले संयूक्त रुपमा शिलन्यास गर्नुभयो । आसापुर्णेश्वर शिवालय महादेव मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्य स्थल बनाउने उद्देश्यले तित्याङ ९ स्थीत स्वर्गिय रत्नप्रसाद उपाध्याय तथा रुकमणी उपाध्यायको सम्झनामा उहाँका छोरा डण्डपाणी उपाध्यायले २ लाख ५० हजार बरावरको लागतमा उक्त मन्दिर निर्माण गर्न लागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो ।

मन्दीरलाई पाञ्चायन मन्दिरको रुपमा विकास गर्नका लायि यस पुर्व नै मन्दिर परिसरमा गणेश मन्दिर, लक्ष्मीनारायण मन्दिर निर्माणको कार्य सम्पन्न भईसकेको तथा दुर्गा भवानी मन्दीरको शिलन्यास कार्य सम्पन्न भएको र सुर्य नारायण मन्दिर निर्माणका लागि कार्य प्रकृया अगाडि वढाईएको पौडेलले बताउनुभयो ।

बागलुङ बजारवाट थौरै दुरीमा रहेको जिल्लाकै सवैभन्दा लामो र अग्लो पुल पार गरे पश्चात आउने मन्दिरलाई व्यवस्थित एवं पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि मन्दिर परिसरमा १ सय ८ पिपलका विरुवा रोपीएको छ ।

मन्दिरलाई अझै व्यवस्थीत गर्नका लागि मन्दिर परिसरमा विवाह मण्डप, १ सय ८ विलीङ्ग निर्माण, कार्यालयको व्यवस्थापन, पुल देखी मन्दिरसम्म जाने बाटोमा सिढी चिन्ने र बागलुङ बजार वासीले प्रयोग गर्दै आईरहेको शुद्ध पिउने पानीलाई धारा बनाई व्यवस्थापन गर्ने योजना रहेको अध्यक्ष पौडेलले बताउनुभयो ।